तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा ५२३ कैदीबन्दीको सजाय माफी

File Photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदी बन्दीको सजाय माफी दिनुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारी समेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद सजाय माफी गर्नुभएको हो । 

त्यस्तै हर्कबहादुर राई समेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसला लगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको कैद मिनाहा गरी माफी दिइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button