तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पीडित ८५ घर परिवारलाई राहत वितरण

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा बाढी पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । 

भदौ ११ गते जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ५ सिमरीमा दोदा नदीमा आएको बाढीका कारण विस्थापित ८५ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

घर डुबानमा परी भण्डारण गरेर राखेको खाद्यान्न बाढीले बगाएकाले आजभोलि खानाको जोहो गर्न धौ धौ भइरहेका बेला विजय गालिल युवा समूहको सहकार्य र कर्णाली प्रदेशको जुम्ला जिल्ला हाल काठमाडौँ निवासी अमर विष्टको व्यक्तिगत सहयोगमा बाढी पीडित ८५ घरधुरीलाई २ लाख बराबरको चामल, दाल तेल, सोयबिन, नुन साबुन इत्यादि खाद्यान्न सामाग्री वितरण गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button