तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा कम

सिन्धुपाल्चोक । आर्थिक वर्षको सुरुको दुई महिनामा तातोपानीबाट लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन भएको छ ।

भन्सार नाका अनियमित भएपछि राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम सङ्कलन भएको हो । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा २०७८ असारबाट नाका ठप्पजस्तै बनेको छ ।

सडक अवरुद्ध भएपछि न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएका सामान लिपिङबाट तुइन र बोकेर ल्याउनु परेको छ । तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुई वटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताउनुभयो ।

दसैँ तिहार नजिकिँदै जाँदा पनि नाका पूर्ण रुपमा सुचारु भएको छैन । जसका कारण गत वर्ष झैँ अभाव सृजना हुनसक्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।

भन्सार कार्यालयमा असार र साउनमा क्रमशः ११ करोड ३९ लाख र सात करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button