तपाईँ सुन्दै हुनुहुन्छः

मल्कवाङस्थित तामा खानीको सम्भाव्यता अध्ययन सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका मल्कवाङस्थित तामा खानीको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामा खानीको संरक्षण र उत्खनन गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो । 

दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिनुभयो । टोलीले मल्कवाङको ओखर बोट, हिले खानी र खवाङस्थित तामा खानीको अध्ययन गरेको छ ।

सरकारले तामा खानीको संरक्षण, अनुसन्धान, व्यवस्थापन र उत्खननप्रति चासो देखाएपछि स्थानीयवासी उत्साहित छन् । स्थानीय लालबहादुर छन्त्यालले  तामाखानी उत्खनन गरिए नयाँ पुस्तामा प्रविधि, ज्ञान र सीप हस्तान्तरण हुने बताउनुभयो । 

विगतमा मल्कवाङको खानीबाट उत्खनन भएको तामालाई दलित समुदायले आरनमा प्रशोधन गरेर भाँडाकुँडा बनाई म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायत ठाउँमा लगेर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button