तपाईँ सुन्दै हुनुहुन्छः

विश्वभर मनाइँदै आएको ‘दि मिल अभियान’ नेपालमा पनि मनाइयो

काठमाडौं । हरेक सेप्टेम्बरको तेस्रो वा अन्तिम शनिवार विश्वभर मनाइँदै आएको दि मिल अभियान आज नेपालमा पनि मनाइएको छ ।

आत्मनिर्भर केन्द्रको आयोजनामा काठमाडौँको भूमि घरमा आज (१८ सेप्टेम्बर २०२१ का दिन) दि मिल अभियान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा खाना र खेतीपातीबारे छलफल भएको थियो ।  

खेतीपाती र खानपान सम्बन्धी असल संस्कृतिलाई प्रोत्साहन गर्न कार्यक्रम महत्त्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताउनुभएको थियो । 

प्राकृतिक स्रोतको दिगो उपयोग, स्वस्थ एवम् पौष्टिक खाना र कृषकको पहिचान र सम्मानको विषयमा वकालत गर्ने यो अभियान नेपालमा आत्मनिर्भर केन्द्रले विगत ५ वर्षदेखि आयोजना गर्दै आएको छ ।

दि मिल, सन् १९९९ देखि हरेक सेप्टेम्बरको तेस्रो वा अन्तिम शनिवार विश्वभर मनाइँदै आएको एउटा विश्वव्यापी अभियान हो । 

अभियानमा मानिसहरू जम्मा भई अर्गानीक खाना खान्छन् र आफ्ना चासोका विषयमा छलफल गर्छन् । खाना खाएबापत आफ्नो इच्छाअनुरूप रकम सहयोग गर्छन् । यसरी उठेको रकम कुनै खास कामको लागि उपयोग गर्ने गरिन्छ ।  

कार्यक्रममा उठेको रकम धनुषास्थित धनौजी गाउँपालिका अन्तर्गतको धनौजी गाउँका हरवाचरवा परिवारको बालिकाको शिक्षामा उपयोग गरिने जनाइएको छ । 

धनौजी गाउँका हरुवाचरुवाहरु भूमिहीनता र गरिबीको दुष्चक्र व्यहोरिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button