तपाईँ सुन्दै हुनुहुन्छः

थप १ हजार ६६ जना कोरोना भाइरसबाट संक्रमित

File Photo

काठमाडौँ । नेपालमा आज थप १ हजार ६६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

आज ८ हजार ५ सय ४० नमुनाको पिसिआर परीक्षण गर्दा ८ सय ३५ जना तथा २ हजार ८ सय १८ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज थप १ हजार २ सय ३४ जना संक्रमित निको भएका छन् । 

नेपालमा कोरोना सङ्क्रमितको निको हुने दर ९५ दशमलव ४ प्रतिशत रहेको र देश भर गरी २५ हजार ८२  जना कोरोनाका सक्रिय सदस्य रहेको मन्त्रालयले जनाएको छ । 

यसैगरी आज थप १६ जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार २८ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button