तपाईँ सुन्दै हुनुहुन्छः

‘गठबन्धनमा विवाद छैन, ४ गतेपछि सरकारले पूर्णता पाउँछ’

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान गठबन्धनमा कुनै प्रकारको विवाद नभएको र असोज ४ गतेपछि सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

जनकपुरधाममा सम्पन्न प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन बनेकाले कुनै पनि हालतमा नटुट्ने बताउनुभयो ।

प्राविधिक कारणले मात्र सरकार विस्तारमा ढिलाइ भएको जानकारी उहाँले दिनुभयो । 

अध्यक्ष प्रचण्डले मधेसी, आदिवासी तथा जनजाति एवं थारुको मागको सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने पक्षमा आफू सुरुदेखि नै रहेको र अहिले पनि संशोधनको पक्षमा अडिग रहेको बताउनुभयो ।

पत्रकारको एक प्रश्नको जवाफमा उहाँले एम सी सी तथा गठबन्धन फरक विषय भएको बताउँदै त्यसले वर्तमान गठबन्धनमा कुनै असर नपार्ने प्रस्ट पार्नुभयो ।

उहाँले देश विकासका लागि आउने सहयोग लिन कुनै आपत्ति नहुने तर देश र जनताको हित विपरीत भएको खण्डमा कुनै हालतमा पनि स्वीकार नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button