तपाईँ सुन्दै हुनुहुन्छः

टोकियो म्याराथुन अर्को बर्ष हुनेगरी स्थगित

जापानको राजधानी टोकियोमा हुने तय भएको टोकियो म्याराथुन प्रतियोगिता अर्को बर्ष हुनेगरी सरेको छ ।

अर्को बर्ष सन् २०२२ को मार्चमा हुनेगरी प्रतियोगिता पछाडि सारिएको आयोजकहरूले शुक्रबार जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारी र टोकियोमा जारी प्रतिवन्धात्मक व्यवस्थाका कारण प्रतियोगिता पछाडि सार्नु परेको आयोजकले जनाएको ।

जापानमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको देखिएपनि महामारीको खतरा भने बाँकी नै रहेको अधिकारीहरूको निश्कर्ष छ ।

“कोरोनाभाइरसको महामारी थप फैलिनसक्ने देखिएकाले अर्को बर्ष सन् २०२२ को मार्च ६ तारिखमा हुनेगरी टोकियो म्याराथुन २०२१ सरेको छ,” टोकियो म्याराथुन फाउण्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतियोगिता सुरुमा यसै बर्ष सन् २०२१ को मार्चमा हुनेगरी तय गरिएकोमा कोभिड–१९ को कारण आगामी अक्टोबरका लागि सारिएको थियो । तर टोकियोमा अहिले पनि संकटकाल लागु भइरहेकाले प्रतियोगिता फेरि सार्नु परेको हो ।

प्रतियोगितामा ३८ हजार धावकहरू सहभागी हुने गरी नामावली आइसकेको आयोजकले जानकारी दिएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button