तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक विधेयकको इपानद्वारा स्वागत

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको प्रतिस्थापन विधेयकले ऊर्जा उद्यमीको माग सम्बोधन गरेको भन्दै खुसी व्यक्त गरेको छ । 

इपानले २०० मेगावाटभन्दा माथिका आयोजनालाई १५ वर्षसम्म शतप्रतिशत र बाँकी ६ वर्ष ५० प्रतिशत आयकर छुट दिने व्यवस्था, आयोजनाका लागि आवश्यक पर्ने उपकरणको आयात, प्लान्ट, मेशनिरी तथा औजारमा दिइएको छुटको पनि उच्च प्रशंसा गरेको छ । 

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार इपानले विगतदेखि उठाउँदै आएका धेरैजसो मागको सम्बोधन सरकारको तर्फबाट भएको भन्दै अर्थमन्त्री जनार्दन शर्मा र नेपाल सरकारलाई धन्यवाद दिएको छ । सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य क्रमशः पूरा हुने चरणमा रहेको भन्दै देशभित्रै बिजुलीको खपत बढाउन र त्यसका लागि अपनाइएका अनेक उपायप्रति समेत धन्यवाद दिएको छ । 

तीन सयभन्दा बढी नेपाली नागरिकलाई रोजगारी दिने र ५० प्रतिशत बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उद्योगलाई २०८० सालसम्म लगानीको स्रोत नखोजिने व्यवस्थाले पनि उद्योगीलाई सहज भएको इपानले ठहर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button