तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सभाका २ समितिमा थापा र लामिछाने

पोखरा । गण्डकी प्रदेश सभामा सार्वजनिक लेखा समिति सभापतिमा एमाले सांसद रोशनबहादुर गाहा थापा र विधायन समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद विष्णुप्रसाद लामिछाने  निर्वाचित हुनुभएको छ ।  

दुवै समितिको सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेपछि उहाँहरू सर्वसम्मत निर्वाचित हुनुभएको हो  । सार्वजनिक लेखा समितिमा गाहा थापालाई सभापतिको प्रस्ताव काँग्रेसकी प्रमुख सचेतक ओमकला गौतम चालिसे र समर्थन माओवादी प्रमुख सचेतक गायत्री गुरुङले गर्नुभएको हो ।

यसैगरी विधायन समितिको सभापतिमा लामिछानेलाई सभापतिमा एमाले सांसद राजीव पहारी र  जनमोर्चाकी पियारी थापाले समर्थन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button