तपाईँ सुन्दै हुनुहुन्छः

फरार प्रतिवादी १० वर्षपछि पक्राउ

राजविराज । अपहरण मुद्दाका खेपिरहेका एक फरार प्रतिवादीलाई १० वर्षपछि सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–७ का ४५ वर्षीय शिव कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

मण्डलले २०६७ माघ १३ गते तत्कालीन ब्रह्मपुर गाविस–७ का ४५ वर्षीय जसकरण चौधरीलाई अपहरण गरेका थिए । सोही मुद्दामा सप्तरी जिल्ला अदालतले ०७१ वैशाख ३ गते मण्डललाई ९ वर्ष कैद र १ लाख ५३ हजार १ सय ३३ रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

फरार रहेका मण्डललाई बिहीबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो । मण्डललाई कैद भुक्तानको लागि कारागार चलान गरिएको काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button