तपाईँ सुन्दै हुनुहुन्छः

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आइपुग्यो

काठमाडौँ ।  सरकारले चीनसँग खरिद गरेको ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप त्रिभुवन विमानस्थल, काठमाडौँ आइपुगेको छ । सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आएको थियो । बाँकी रहेको ४४ लाख डोज खोप आज काठमाडौँ आइपुगेको हो ।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

खोपको मात्रा प्रदेश स्तरमा वितरण गरी तुरुन्तै लगाउन सुरु गरिने सरकारी तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप आए लगत्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभुवन विमानस्थल पुग्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button