तपाईँ सुन्दै हुनुहुन्छः

रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव गराउँनु अन्तरराष्ट्रिय कानूनको उल्लङ्घनः युक्रेन

कीभ, रासस-एएफपी । युक्रेनले रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव आयोजना गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको र पृथकतावादी नियन्त्रित क्षेत्रका बासिन्दालाई मतदानमा भाग लिन अनुमति दिएको आरोप लगाएको छ।

रुसले २०१४ मा क्राइमियालाई युक्रेनबाट कब्जा गरेको थियो र कीव र यसका सहयोगीहरूले दुई पूर्वी क्षेत्रहरूमा मस्को समर्थक पृथकतावादीहरूलाई समर्थन गरेको आरोप लगाएका छन्।

लुगान्स्क र डोनेट्स्कमा रूसी पासपोर्ट धारीहरूलाई शुक्रबारदेखि आइतबार सम्म ड्यूमा राज्यमा चुनावमा मतदान गर्न अनुमति दिइएको छ।युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले एक पत्रकार सम्मेलनमा मस्कोले पूर्वी क्षेत्रहरू र क्राइमियामा मतदान आयोजना गरी “अन्तर्राष्ट्रिय कानूनको उल्लंघन” गरेको आरोप लगाउनु भएको छ। कुलेबाले अहिले क्राइमियाको अवस्था एक नियन्त्रित राज्यको जस्तो भएको र यस बापत मस्कोले एक दिन ठूलो मूल्य चुकाउनुपर्ने दाभि गर्नु भएको छ। लुगान्स्क र डोनेट्स्क क्षेत्रका ६००,००० भन्दा बढी जनताले २०१९ देखि हालसम्म रूसको राहदानी लिइसकेका छन् र यस क्षेत्रमा मतदानका निम्ति योग्य मानिएका छन् । रुसले २०१६ देखि क्राइमियामा निर्वाचन गराउँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button