तपाईँ सुन्दै हुनुहुन्छः

४ सय ५० बोट गाँजा फाँडेर नष्ट

धनकुटा । धनकुटा जिल्ला प्रहरी कार्यालयले जिल्लाको विभिन्न स्थानमा हुने व्यवसायीक गाँजा खेतीलाई नष्ट गरेको छ । 

यसैक्रममा त्रिवेणी प्रहरी चौकी धनकुटाबाट खटिएको प्रहरी टोलीले बिहीबार शहिदभुमि गाउँपालिका वडा नं १ को विभिन्न ठाउँमा लगाइएको गाँजा खेती फाँडेर नष्ट गरेको छ । सही अनिल कुमार राईको कमान्डमा खटिएको गस्ती टोलीले गाँजाको ३ सय ५० बेर्ना र नाबो १ सय गरी  ४ सय ५० बोट गाँजा फाँडेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

गाउँपालिको वडा नं १ को पोख्रे र देउराली भन्ने स्थानमा ३ रोपनी जग्गामा लगाएको गाँजाका बेर्ना तथा नाबो नष्ट गरिएको प्रहरीले जनाएको हो ।

  

प्रतिक्रिया राख्नुहोस्

Back to top button