तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली लोकमार्गमा छ वटा पक्की पुल निर्माण हुने

दार्चुला ।  कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला टिङ्करसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालु आर्थिक वर्षमा छ वटा पक्की पुल निर्माण हुने भएको छ । 

चालु आर्थिक वर्षमा डडेलधुरा, बैतडी र दार्चुला गरी छ वटा ठाउँमा पुल निर्माण हुने भएको महाकाली लोकमार्ग दार्चुला टिङ्कर सडक योजना प्रमुख आशुतोष कर्णले बताउनुभयो ।

योजना प्रमुख कर्णले डडेलधुराको घट्टे र ठूलीगाड खोलामा दुई वटा, बैतडीको नीलगाड र कसानी खोलामा दुई वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा दुई वटा गरी ६ वटा पक्की पुल निर्माण हुने बताउनुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button