तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (एस) वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने : अध्यक्ष नेपाल

फाइल तस्बिर

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथ वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने बताउनुभएको छ ।

प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको आज काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष नेपालले एमसीसी सम्झौता गर्दा नेपालले असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य सङ्गठन र सुरक्षा छाताभित्र नरहने र नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने बताउनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व तथा लेखा परीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा बताउनुभयो ।   

आगामी निर्वाचनसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउनुहुँदै अध्यक्ष नेपालले  अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button