तपाईँ सुन्दै हुनुहुन्छः

माधवकुमार नेपालसहित नेताहरुलाई मूल पार्टीमा फर्कन अध्यक्ष ओलीको आग्रह


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी नै एकीकृत कम्युनिष्ट पार्टी भएकाले नेता माधवकुमार नेपालसहित नेताहरुलाई मूल पार्टीमा फर्कन आग्रह गर्नुभएको छ ।

एमाले काठमाडौंद्वारा आज आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले नेता नेपालले आवेगमा आएर बाटो बिराए पनि गल्ती सच्याएर पार्टीमा फर्किए सम्मान गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिए पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियान जारी रहने बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा केही समस्या देखिएकाले निर्मम ढङ्गले समीक्षा गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

उपाध्यक्ष शाक्यले जनताले विश्वास गरेर जनमत दिए पनि त्यसको सदुपयोग गर्न नसक्नु पार्टीको कमजोरी भएको बताउनुभयो ।
महासचिव ईश्वर पोखरेलले बुझाईमा एकरुपता कायम गरेर अघी बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापाले कम्युनिष्ट एकताको अभियान एमालेले अघि बढाएको भए पनि केही समस्या आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button