तपाईँ सुन्दै हुनुहुन्छः

केन्द्रीय समिति बैठकका लागी विप्लव तनहुँको बन्दिपुरमा, भोलिदेखि बैठक सुरु हुने

तनहुँ । नेपाल कम्युनिष्ट पार्टीको ११ औँ केन्द्रीय समिति बैठकका लागी पार्टीका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’ तनहुँको बन्दिपुरमा आएका छन् । केन्द्रीय समिति बैठक बन्दिपुर माउन्टेन रिसोर्टमा भोलिदेखि सुरु हुने नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सेक्रेटरी आनन्दले बताउनुभयो । 
हल रिसोर्टको प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यहरु लागि खाना आफैले मेस चलाउने जिल्ला सेक्रेटरी आनन्दले जानकारी दिनुभयो ।

बैठक भोलि असोज १ गतेदेखि असोज ७ गतेसम्म हुने जिल्ला सेक्रेटरी आनन्दले बताउनुभयो । महासचिव विप्लव केन्द्रीय समिति बैठकका हिजो बुधवार तनहुँका आउनु भएको हो । उहाँ पार्टीका नेता निरु थापाको घरमा बास बस्नु भएको थियो  । 

नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुल्ला राजनीतिमा आएर पहिलो केन्द्रीय समिति बैठक गर्न लागेको हो । पार्टीको भावी कार्ययोजनाबारे दस्ताबेज तयार गरिने जिल्ला सेक्रेटरी आनन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button