तपाईँ सुन्दै हुनुहुन्छः

‘मानव अधिकारको संरक्षण, सम्वद्धर्नका लागि सरकार कटिबद्ध’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले मानव अधिकारको संरक्षण, सम्वद्धर्नका लागि सरकार कटिबद्ध रहेको बताउनुभएको छ । 

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज धनगढीमा आयोजित विश्वव्यापी आवधिक समीक्षा सम्बन्धी कार्यशाला गोष्ठीमा उहाँले मानव जीवन रक्षा पहिलो प्राथमिकता भएको बताउनुभयो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उपाय अवलम्बन गरेको उल्लेख गर्दै उहाँले सिमानाका व्यवस्थापन, होल्डिङ सेन्टर निर्माण कार्य अघि बढिरहेको बताउनुभयो ।

गोष्ठीमा आयोगका सहसचिव द्वय नवराज सापकोटा र मञ्जु खतिवडाले विश्वव्यापी आवधिक समीक्षा विषय कार्यपत्र प्रस्तुत गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग सदस्य लिली थापाको अध्यक्षता भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, आयोगका प्रवक्ता डा.टिकाराम पोख्रेल, सुरक्षा अधिकारी, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button