२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

आज करिब ३ लाखले लगाए कोरोना सङ्क्रमणविरुद्धको खोप

कल्पना दाहाल २०७८ भदौ ३० गते १७:२२

काठमाडौँ । आज देशभर २ लाख ९९ हजार १ सय ३१ जनालाई कोरोना सङ्क्रमण विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गत माघदेखि अहिलेसम्म ५४ लाख १५ हजार ४ सय २७ जनाले कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाएको मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 

नेपालमा १ करोड १४ लाख १९ हजार ४ सय ४६ मात्रा खोप प्रयोग भइसकेको प्रवक्ता डा. पौडेलले बताउनुभयो । 

सम्बन्धित