तपाईँ सुन्दै हुनुहुन्छः

मेल्लेख गाउँपालिकाका आफ्नै सुविधा सम्पन्न भवन

अछाम । अछामको मेल्लेख गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरेको छ । नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बोहराले निर्वाचित भएको बेला र अहिलेको अवस्थालाई आम जनताले बुझिदिन आग्रह गर्नुभयो । गाउँपालिका सदैव आम नागरिकको सेवामा लागिरहेको र आम नागरिकले समेत चाँसो राख्नुपर्ने बताउनुभयो ।

प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज तथा प्रविधिमैत्री हुने अध्यक्ष बोहराको विश्वास छ ।

मेल्लेख गाउँपालिकाले सधैँ समृद्धिका सपना देख्ने गरेको र ती सपनाहरूलाई पछ्याएर अघि बढिरहेको बोहराले बताउनु भयो । उहाँले आगामी दशैं सम्म मेल्लेख गाउँपालिकाको वडा नं १, २ र ३ मा कुटिर उद्योग स्थापना गरिसक्ने प्रतिबद्धता जनाउनु भयो ।

साढे दुई तले प्रशासनिक भवन निर्माणका लागि २ करोड १५ लाख लागत लागेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ खड्काले बताउनु भयो । गाउँपालिकाका सबै सेवाहरू अब नयाँ भवनबाट सञ्चालन गरिने छन् ।

भवनको उद्घाटन सँगै गाउँपालिकामा सूचना प्रविधि केन्द्रको समेत उद्घाटन गरिएको छ। सबैले मेल्लेख सूचना प्रविधि केन्द्रबाट गाउँपालिकाबाट गरेका गतिविधि हेर्न सकिने सूचना प्रविधि अधिकृत चन्द्र प्रकाश साउदले जानकारी दिनुभयो ।

गाउँपालिकामा हालै १५ शय्या आधारभूत अस्पतालको भवन समेत निर्माण गरी अस्पताल सञ्चालनमा ल्याइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button