२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ४० जना सङ्क्रमित थपिए

बिष्णु खनाल २०७८ भदौ ३० गते १६:४४
file photo

पाल्पा । पाल्पामा बुधवार ४० जना कोरोना संक्रमितहरु थपिएका छन् । योसँगै कोरोनाका सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पाल्पामा १ सय ३८ जना पुगेको छ । एन्टिजेन परीक्षणमा ३७ जना र पिसिआर परीक्षणमा ३ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

३२ जनाको पिसिआर परीक्षण गर्दा ३ जना र ३ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरूको कुल सङ्ख्या ९ हजार ९ सय ६३ पुगेको कार्यालयले जनाएको छ । २४ घण्टामा थप १८ जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिलेसम्म २ सय ३८ जना कोरोना सङ्क्रमितहरूको निधन भएको छ ।

सम्बन्धित