तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानमन्त्री ओलीले आज बुटवलमा संवोधन गर्नुहुने

File Photo

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउँदै हुनुहुन्छ । रुपन्देहीका एमाले अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न ओली बुटवल आउन लाग्नु भएको हो।

बुटवल देवीनगर एन्फा  मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईँले बताउनुभयो।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने एमाले लुम्बिनी प्रदेका सचिव भुमिश्वर ढकालले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button