तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसले टुङ्ग्यायो थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद

काठमाडौं । नेपाली कांग्रेसले थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ ।

२० वटा जिल्लाको क्रियाशिल सदस्यता विवाद समाधान हुन नसकेका बेला मंगलबार कांग्रेसले ८ वटा जिल्लाको विवाद समाधान गरेको हो । कांग्रेस नेता योगेन्द्र चौधरीका अनुसार सिन्धुपाल्चोक, काभ्रे, मोरङ, मोहत्तरी, बर्दिया, पर्सा, कैलाली र बाजुराको विवाद समाधान भएको छ ।

क्रियाशिल सदस्यता विवाद समाधान भएका जिल्लाको विवरण सार्वजनिक भएपछि ति जिल्लामा समेत अधिवेशन शुरु हुनेछ । अहिलेसम्म कांग्रेसले ५७ भन्दा बढि जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । डडेल्धुरामा अधिवेशन सम्पन्न भएपछि ५७ जिल्लामा वडा तहको अधिवेशन सकिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button