तपाईँ सुन्दै हुनुहुन्छः

ओमनसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा ओमनसँग नेपाल ओमनसँग ५ विकेटले पराजित भएको छ

पहिलो व्याटिङ गर्दै ओमनलाई दिएको १ सय ९७ रनको लक्ष्य ओमनले ३१ दशमलव १ ओभरमै भेटायो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९७ रनको सामान्य लक्ष्य ओमनले ५ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालका लागि आशिफ सेखले सर्वाधिक ९० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए भने रोहित पौडेलले २० रन मात्रै बनाउन सके ।

वलिङतर्फ नेपालका लागि करण केसी र कुशल मल्लले समान दुई विकेट लिए भने शुसन भारीले १ विकेट लिन सफल भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button