तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा २० हजार सवारी कारबाहीमा, १ करोड ३१ लाख राजश्व सङ्कलन

तनहुँ । तनहुँ जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार सवारी साधनलाई कारबाही गरिएको छ । सो अवधिमा सवारी साधन कारबाहीबाट रु १ करोड ३१ लाख २३ हजार ५ सय राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रक/टिपर ५ हजार ७ सय ४५, बस १ हजार ८ सय १८, कार/जिप ४ हजार ७३, ट्याक्टर १ हजार ५ सय ८७, मोटरसाइकल ६ हजार ६ सय ४६ र अन्य १ सय ३१ वटा सवारी  कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक डोलिन्द्र हमालले जानकारी दिनुभयो ।

मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभाबी पार्किङ गर्ने सवारी धनीहरूलाई कारबाही गरिएको प्रमुख हमालले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दे आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button