तपाईँ सुन्दै हुनुहुन्छः

चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला

खोटाङ । कोरोना भाइरसका कारण चार महिनादेखि बन्द गरिएको खोटाङको हलेसी मन्दिर खुला गरिएको छ ।

कोभिड–१९ को संक्रमण दर घट्दै गएकाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकको निर्णय अनुसार सोमबार बिहानदेखि हलेसी मन्दिरमा पूजाआजा सुरु गरिएको हो ।

चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको हलेसी मन्दिर कोभिड सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्ने गरी खुला गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button