तपाईँ सुन्दै हुनुहुन्छः

सहिद झा बारे गलत विवरण सच्याउन माग

जनकपुरधाम । कक्षा ११ को नेपाली विषय योगमाया भन्ने पाठको पृष्ठ ६३ मा सहिद दुर्गनन्द झा को गलत विवरण रहेको भन्दै सो विवरण तत्काल सच्याउनका लागि माग गरिइएको छ ।

मधेस जनविद्रोह, २०६३ ले जनकपुरधामको जनक चोकमा आयोजना गरेको कार्यक्रममा सहिद झाको मातापिता, जन्म मिति, गाउँ सबै गलत छापेको हुँदा पाठ्यक्रम विकास केन्द्र सहित सम्बन्धित पक्षका व्यक्ति माथि कारबाही गर्नका लागि पनि माग गरेको छ ।

लाखौँ खर्च गरे त्रुटिपूर्ण पुस्तक प्रकाशन गर्ने जिम्मेवार व्यक्ति संस्था उपर अविलम्ब छानबिन गरेर दोषी माथि कारबाही गर्न साहित्यकार एवं भाषा विज्ञानका अध्यक्ष धीरेन्द्र झा मैथिलले गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता रमण कुमार पाण्डेले सहिदको जीवनी छाप्न खोज्दा पनि गलत गर्ने काम नियत बस नै भएको बताउँदै दोषी माथि कारबाहीको माग गर्नुभयो ।

राजनीति शास्त्रका शिक्षक एवं मधेस जनविद्रोह, २०६३ का संयोजक दिपक कुमार झाले सहिदको विवरण गलत छपाइएकोमा यसको शीघ्र संशोधन गर्नका लागि राज्यसँग माग पनि गर्नु भयो ।

सहिदबारे तथ्यगत व्याख्या गर्दै पत्रकार स्वामी अभय शर्माद्वारा सञ्चालित सो कार्यक्रममा त्रुटि नसच्चिएको खण्डमा अझै कडा कार्यक्रम गर्ने वक्ताहरूले चेतावनी दिनुभयो । राराव क्याम्पसका प्राध्यापक डा.मुनेश्वर यादव र प्रमोदानन्द झाले सहिदको विवरण छाप्दा पनि हल्का किसिमले छाप्नु गलत रहेको बताउनुभयो ।

कार्यक्रममा शम्भु निर्दोशि, भरत स्वामी, सञ्जय ठाकुर, श्रीकृष्ण मिश्र ललन,राम पुकार राय, आलोक  झा लगायतले गलत विवरण अविलम्ब रुपमा सच्याउनका लागि आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button