तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक । लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

बिहान ०६ः५० बजेको समयमा मेलम्ची नगरपालिका वडा नं।१३ मेलम्ची–जिरोकिलो सडक खण्ड स्थित फटकशिला ठाडो पहिरोमा इन्द्रावती नदीले बाटो कटिङ गर्दा २० मिटर बाटो झरी मेलम्चीतर्फ जाने बाटो पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सहजताको लागि वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो । अहिले मेलम्ची बाट काठमाडौँ र काठमाडौँ बाट मेलम्ची आएका यातायातका साधन र यात्रु अलपत्र परेका स्थानीय शालिग्राम घोरासैनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button