तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा विहीबारअपराह्न छलफल भएको छ ।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिनुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई बताउनुभयो । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button