तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११८ जनामा पीसीआर र ५६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ८७ र १५ जना गरी थप १०२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ४७ जना पुगेका छन् । जस मध्ये १ हजार ८२ जना होम आइसोलेसनमा र ६५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा हालसम्म संक्रमण पुष्टि भएका मध्ये ९० प्रतिशतले कोरोना जितेका छन् । 

यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४६ पुगेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button