तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी एकता नै आफ्नो इच्छा र चाहना : वरिष्ठ नेता नेपाल

काठमाडौँ । नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी  सदस्यहरूको बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ ।        

काठमाडौँको बुद्धनगरमा ७० भन्दा बढी केन्द्रीय कमिटी सदस्य सहभागी बैठकमा एमालेलाई सुदृढ र सबल कसरी बनाउने भन्ने विषय मा नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाबिला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको नेता झपटबहादुर रावलले जानकारी दिनुभयो । 

बैठकको शुरुमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताउनुभयो  । 

वरिष्ठ नेता नेपालले पार्टी एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको बताउनुभयो । 

यस्तै बैठकमा नेता नेपालले कोरोना विरुद्धको खोपको सहज व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको बैठकपछि एमाले नेता रघुजी पन्तले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराउनुभएको नेता झपटबहादुर रावलले जानकारी दिनुभयो  
। केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने बताउनुभयो । 

केन्द्रीय कमिटीको बैठक बस्नु अघि नेपाल पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठक बसेको थियो ।

बैठक भोलि बिहान साढे ११ बजे पुन बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button