तपाईँ सुन्दै हुनुहुन्छः

१४ हजार ५ सय गाँजाका बोटहरू नष्ट

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले १४ हजार ५ सय ७६ वटा गाँजाका बोटहरू नष्ट गरेको छ । गाँजा फडानी गर्ने अभियानलाई तीव्रता दिएको प्रहरी कार्यालयले कास्कीका विभिन्न ठाउँका व्यक्तिगत एवं सार्वजनिक स्थानहरूमा अवैध रुपमा रोपेका तथा उम्रेका गाँजाका बोटहरू नष्ट गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीले स्थानीय जनप्रतिनिधि, आमा समूह तथा क्लबका सदस्यहरूको रोहवरमा गाँजा फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । 

लागुऔषध प्रयोगकर्ताको सख्या बढ्दै जान सक्ने तथा त्यसको अन्त्य गर्नको लागि प्रहरीले जिल्लाभर गाँजा नष्ट पार्ने अभियानमा छ । मान्छेमा चेतना नभएका कारण तथा जानीजानी गरेका गाँजा खेती फस्टाई रहेकाले बिस्तारै सबै स्थानमा सबैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button