तपाईँ सुन्दै हुनुहुन्छः

स्रोतको अनुमति लिएर मात्र सामग्री सम्प्रेषण गर्न काउन्सिलको आग्रह

काठमाडौँ । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्य रूपमा मूल स्रोतको अनुमति लिएर मात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकको निर्णय समेतको आधारमा आज एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री बिना अनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जनगुनासाहरू बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ । 

बैठकले “सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति÷संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आह्वान गर्ने”  निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।  

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा (१३) मा “समाचार तथा समाचार सामग्री प्रकाशन÷प्रसारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्ने” व्यवस्था रहेको छ ।

सञ्चारमाध्यममा समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले ३५ दिनभित्र काउन्सिलमा लिखित वा अनलाइनमार्फत उजुरी दिन सकिने पनि काउन्सिलले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button