२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निमाणका काम निर्धारित समयभित्रै सम्पन्न गर्न बजेट व्यवस्थापनका लागि निर्देशन

भुषण पोखरेल २०७८ साउन २१ गते १६:५४

काठमाडौँ । प्रतिनिधीसभा विकास तथा प्रविधि समितिले २०७२ सालको महाभुकम्पबाट क्षति पुगेका सम्पूर्ण भौतिक संरचनाहरुको पुनर्निमाणमा उल्लेख्य प्रगति भएको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरण र सो सँग आवद्ध पदाधिकारीलाई धन्यवाद दिएको छ ।

समितिको आज सिंहदरवारमा बसेको बैठकले सम्पन्न हुन बाँकी रहेका पुनर्निमाणका कार्यहरु निर्धारित समय भित्रै सम्पन्न गर्न आवश्यक जनशक्ति र बजेटको व्यवस्थापनका लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निमाणको पछिल्लो अवस्था वहिर्गमन रणनीति र आगामी कार्योजना विषयको कार्यपत्र समिति समक्ष प्रस्तुत गर्नुभएको थियो ।

कार्यकारी अधिकृत ज्ञवालीले पुस १० गते पुनर्निमाण प्राधिकरणको पूर्व निर्धारित कार्यकाल समाप्त हुने भएकोले ऐनमा भएको नियम अनुसार मंसिर भित्रमा प्राधिकरणले तोकिएको काम र जिम्मेवरी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले धरहरा क्षेत्रमा भुकम्प संग्रहालयको स्थापना, विश्व बैंकको सहयोगमा पुल्चोकस्थित ईञ्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय स्तरको भुकम्प अनुसन्धान केन्द्रको स्थापना र पुनर्निमाण अनुभव तथा सिकाई सम्वन्धी अभिलेखिकरणसहित अन्तराष्ट्रिय सम्मेलनको तयारी भइरहेको जानकारी दिनुभयो ।

बैठकमा समिति सदस्यहरुले प्राधिकरणको काम प्रशंसनीय भएता पनि तयारी नभई धरहरा उद्घाटन गरिनु भने आलोचनाको विषय बनेको धारणा राख्नुभएको थियो ।

सम्बन्धित