तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा १२ दिनका लागि निषेधाज्ञा थप

जनकपुरधाम । कोरोना महामारीको जोखिम कायम रहेको भन्दै धनुषा जिल्लामा थप १२ दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।


जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोनाको तेस्रो लहर आउने जोखिमलाई मध्यनजर गर्दै यही साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कर्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button