तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाद्वारा किसानलाई ५० वटा बाख्रा र उन्नत बोका वितरण

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले एक कार्यक्रमका बिच किसानहरूलाई ५० वटा उन्नत जातको बाख्रा र बोका वितरण गरेको छ ।


गाउँपालिकाले गत आर्थिक बर्ष २०७७/०७८ को असारमा वडा नं. ५ को सृजनशील बाख्रा पालन समूहका २५ जना किसानहरूलाई बाख्राको पाठापाठी र बीउ बोका उपलब्ध गराएको हो ।


पालिकाले साना तथा मझौला किसान लक्षित बाख्रा पकेट कार्यक्रम अन्तर्गत ७५ प्रतिशत बाख्रा वितरण गरेको हो । 


पालिकाले २ लाख ८३ हजार ४ सय बराबरको बाख्राको पाठापाठी र २ लाख ५० हजार बराबरको एक उन्नत जातको बोका पनि प्रदान गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button