तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाल्पा । पाल्पामा बुधवार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण हुनेहरूमा ३१ जना पुरुष र २४ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय ४१ पुगेको छ । 

यसै बीच पाल्पामा बुधवार थप २९ जनाले कोरोना सङ्क्रमण जितेका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७ हजार ९ सय ९४ पुगेको  छ । 

हाल जिल्लामा ४ सय २१ जना सक्रिय सङ्क्रमित रहेका छन् । भने कोरोना सङ्क्रमणकै कारण पाल्पामा हाल सम्म १ सय २६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button