तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैङ्कका सञ्चालक मरासिनीद्वारा शपथ ग्रहण

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

२०७८ साउन २० गते सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश के.सी.ले सचिव मरासिनीलाई शपथ ग्रहण गराउनुभएको हो ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैङ्क, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ मा बैङ्कका गभर्नर र सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button