तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

धादिङ । त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । 

धादिङको सिद्दलेक गाउँपालिका–७ पिपलटारस्थित तल्लो गाउँ नजिक साथीसँग पौडी खेल्ने क्रममा स्थानीय विक्रम कँडेलका छोरा ११ वर्षीय राजकुमार कँडेल बेपत्ता भएका हुन् । 

आज दिउँसो पौडी खेल्न गएका दुई जना मध्ये राजकुमार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बेपत्ताको प्रहरी टोली र स्थानीयले खोजी गरिरहेका छन्  । 

त्रिशूली नदिमा पानीको बहाव ठूलो रहेको र धमिलो भएकोले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button