तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा कोरोना विरुद्धको खोप अभियान पुनः सुरु

बीरगंज । पर्सा जिल्लाका विभिन्न हेल्थ पोस्ट तथा स्वास्थ्य केन्द्रमा आजबाट फेरि कोरोना विरुद्धको तिन दिने खोप लगाउने अभियान सुरु भएको छ । 


आज साउन २० गते १२ हजार डोज जोनसन एन्ड जोनसनको खोप लगाइएको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहलेले जानकारी दिनुभयो । 


पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले पठाएको जोनसन एन्ड जोन सन खोपको ३६ हजार ५ सय डोजमध्ये १२ हजार डोज खोप बचेकाले आज वीरगन्ज महानगरका ३२ वटै वडामा  र १३ वटा अन्य पालिकामा पनि यो खोप लगाइएको साहले बताउनुभयो । 


वीरगन्जको स्वास्थ्य कार्यालय पिपरा, बगही, नगवा, नारायणी अस्पताल, श्रीपुर स्वास्थ्य केन्द्रमा आज जोनसन् एन्ड जोनसन खोप लगाइनेछ भने १३ वटा अन्य पालिकामा सुविधा अनुसार खोप लगाइएको छ । 


जोन सन एन्ड जोन सन खोप ४५ वर्ष माथिका सबैले लगाउन पाउनेछन् । 


यस्तै भोलि र पर्सि भेरोसेल खोप १४ वटा पालिकाको वडाका स्वास्थ्य केन्द्रबाट लगाइने तयारी गरिएको छ । भेरोसिल ५५ वर्षमाथिका सबैले लिन पाउनेछन् । पर्सामा हालसम्म ४० हजार जनाले पूर्ण खोप लगाइसकेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button