तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर एक बालकको मृत्यु

अछाम । अछाममा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ । 

जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर ७ भाडेचाकाका झुप्रे दमाईका छोरा १२ वर्षका भरत दमाइको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

आज बिहान खाना खाएर बाख्रा चराउनका साथै घास काट्नका लागि डोको पनि लगेका भरतको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उहाँका बुवा झुप्रेले जानकारी दिनुभयो ।

गाउँ नजिकैको सुसाने खोला भन्ने ठाउँबाट करिब ३ सय मिटर तल खसेर भरतको घटनास्थलमै मृत्यु भएको हो । १२ वर्षीय भरत दमाई वडा नम्बर ७ कै जाल्पादेवि माध्यामिक विद्यालय मुंग्राचौरमा कक्षा ४ मा अध्ययनरत थिए ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण विद्यालय बन्द हुँदा विद्यालय जाने बालबालिकाहरू गाई बाख्रा चराउन वनजंगल जाने गरेका छन् । 

घरायसी कामकाज गर्दा, वनजंगल जाँदा असावधानीवश बालबालिका अकालमै ज्यान गुमाइरहेका छन् । साथै बालबालिका लड्ने, हातखुट्टा भाँच्ने, चोटपटक लगाउने लगायतका दुर्घटनामा समेत पर्ने गरेका छन् । पछिल्लो समय बालबालिकामा हात खुट्टा भाँचिने समस्याका बिरामी बढी आउन थालेको जिल्ला अस्पताल अछामले जनाएको छ ।

अभिभावकले पनि बालबालिकाको उचित ध्यान दिन सकेका छैनन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button