तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

सुनसरी । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने जङ्गल स्थित कोसी राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् ।


आज बिहान साढे ९ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको को१ख ५४३० नम्बरको बसले पछाडिबाट ठक्कर दिई विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१ –०२–०४०प ६४०५ नम्बरको मोटरसाइकल समेतलाई ठक्कर दिएको थियो ।


दुर्घटनाबाट मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय विमल साहसहित २ जना घाइते भएका छन् । उपचारको क्रममा दिउसो ११ बजे मिरा देवी साहको मृत्यु भएको हो । विमलको सोही अस्पतालमा उपचार भइरहेको छ ।


दुर्घटनामा संलग्न ३ वटै सवारी साधन र बस चालक धरान १५ का ४२ वर्षीय प्रभु खड्कालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button