तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाबाट तथ्याङ्क र योगमाया विश्वविद्यालय विधेयक पारित

file photo

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले तथ्याङ्क विधेयक २०७६ र योगमाया विश्वविद्यालय विधेयक २०७६ पारित गरेको छ । 


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले तथ्याङ्क विधेयक २०७६ तथा योगमाया विश्वविद्यालय विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 


यसैगरी बैठकमा मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ वार्षिक प्रतिवेदन पनि पेस गर्नुभयो । 


यसैगरी बैठकमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत् विधेयक २०७७ पेस गर्नुभयो । 


बैठकको विशेष समयमा बोल्दै सांसदहरूले दार्चुला घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । 


सांसदहरू नारायणकाजी श्रेष्ठ, अनिता देवकोटा, गोपीबहादुर अछामी लगायतले प्रारम्भिक तथ्यहरूका आधारमा घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता देखिएको हुनाले भारतसँग उच्चस्तरीय वार्ता मार्फत समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । 


सांसद रमेशजंग रायमाझीले वैदेशिक रोजगारीमा जाने सबै नेपालीलाई तुरुन्त कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । 


राष्ट्रिय सभाको अर्को बैठक साउन २२ गते शुक्रवार दिउँसो १ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button