तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभावित व्यवसायलाई सहुलियत निरन्तरता

काठमाडौँ।नेपाल राष्ट्र बैङ्कले कोभिड–१९ को महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई दिइएको सहुलियतलाई निरन्तरता दिने भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्नुअघि प्रतिनिधिसभाको अर्थ समितिमा आज भएको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को तेस्रो लहर सुरु भए पुनरुत्थान थप चुनौती थपिने भन्दै सहुलियतलाई निरन्तरता दिने बताउनुभयो ।आगामी मौद्रिक नीतिको तयारीमा रहेको जानकारी दिनुहुँदै गभर्नर अधिकारीले बढ्दो व्यापार घाटालाई चिन्ताका रूपमा लिँदै केही वस्तु आयातमा नियन्त्रण आवश्यक रहेको बताउनुभयो ।

उहाँले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण मूल्यवृद्धिमा दबाब परेको, व्यापार घाटालाई विप्रेषणबाट भरथेग गर्न नसके विदेशी मुद्राको सञ्चितिमा चुनौती थपिने बताउनुभयो ।छलफलमा सांसदहरुले साना तथा मझौला व्यवसायीलाई सहुलियत दिन, उत्पादन क्षेत्रमा लगानी बढाउन र व्यवसाय र आर्थिक गतिविधि निर्भयका साथ अघि बढाउन कोभिड विरुद्धको खोप नै उत्तम विकल्प भएको धारण राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button