तपाईँ सुन्दै हुनुहुन्छः

४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज

File Photo

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ४१ वटा दलहरूको दर्ता खारेज गरेको छ ।

मङ्गलवार बसेको आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ राजनीतिक दलहरूको मिति २०७८ साउन २० देखि लागू हुने गरी दर्ता खारेज गरेको हो । 

साथै खारेज भएका राजनीतिक दलहरूको नाम, झण्डा, चिन्ह दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ । 

यसरी ४१ दलको दर्ता खारेज भएपछि आयोगमा १३६ वटा दल दर्ता रहेकोमा ९५ वटा दलको मात्र दर्ता कायम रहन पुगेको छ । 

दल दर्ता खारेज भएका ४१ राजनीतिक दलका केन्द्रिय पदाधिकारी र सदस्यहरूको नामसहितको विवरण छुट्टा छुट्टै तयार गरी निजहरूबाट प्रत्येक राजनीतिक दललाई तोकिएको जरिवाना रकम रु ५० हजार असुल उपर गराउने भएको छ र जरिवाना रकम असुल उपर नभएसम्मका अवधिको लागि खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आयोगमा दर्ता कायम रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने व्यवस्थाका लागि कारबाही प्रक्रिया अगाडी बढाउने समेत निर्णय आयोगले गरेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नु पर्ने र आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेश गर्नु पर्ने व्यवस्था छ । 

साथै आयोगले अवधि समाप्त भएको पैँतालिस दिनभित्र त्यस्तो दललाई त्यसरी लेखा परीक्षण प्रतिवेदन पेश नगर्नुको कारण खुलाई स्पष्टीकरण पेश गर्न आदेश दिन सक्ने र दलले स्पष्टीकरण पेश गर्नु पर्नेछ भन्ने व्यवस्थाका साथै लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाउने राजनीतिक दललाई आयोगले त्यस्तो काम कारबाही छ महिनाभित्र सच्याउन आदेश दिन सक्ने तथा अवधिभित्र कामकारबाही नसच्याएमा त्यस्तो दललाई आयोगले तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश दिन सक्ने व्यवस्था रहेको छ । 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिमको कसुर एक पटक भन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने समेतका कानुनी व्यवस्था रहेको छ । 

दल दर्ता खारेज भएका राजनीतिक दलहरूको विवरण देहाय बमोजिम रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button