तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाहरूमा मानसिक असर परेको भन्दै पब्जी बन्द गर्नुपर्ने माग

सुनसरी । सुनसरीका सरोकारवालाहरूले पब्जी खेल र टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएका छन् । 

अपन स्वर्ग नेपाल कला सांस्कृतिक केन्द्रिय कार्यालय सुनसरी इनरुवाले बालबालिकाहरूमा असर परेको भन्दै पब्जी र टिकटक बन्द गर्नुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबारलाई ज्ञापन पत्र पठाएको संस्कृतिका अध्यक्ष झोटन मेहताले जानकारी दिनुभयो ।

ज्ञापन पत्रमा भनिएको छ, सामाजिक सञ्जालमा देखिएका एप्स पब्जी, टिकटकले  बालबालिकाहरूको मनोविज्ञान समस्या र मानसिक रोग तथा विभिन्न समस्याको रुपमा देखिएकाले त्यसमा नियन्त्रण गर्न आवश्यक छ । यो दिन प्रतिदिन नकारात्मक प्रभाव पार्ने काम गरेकोले उक्त नकारात्मक एप्सहरु बन्द गर्नुपर्ने  माग अघि सारेको छ ।

अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रिय अध्यक्ष झोटन मेहता,  सचिव प्रकाश अनुराग स्थानीय नेता एस.एन. मेहता, जगदिश मेहता, लक्ष्मी मेहता सहितको उपस्थितिमा ज्ञापन पत्र बुझाएको र सकलै प्रधानमन्त्री कार्यालय पठाएको प्रजिअ ढकालले बताउनुभयो ।

अनलाइन खेलहरू बन्द नगरे अभिभावक न्याय खोज्दै अदालतका ढोकामा पुग्ने दिन आउन सक्ने मेहताको चेतावनी रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button