तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री रोजगार कार्यक्रमः हेटौँडामा २० प्रतिशत मात्रै खर्च

मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको बजेट २० प्रतिशत मात्रै खर्च भएको छ । 


उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम करिब २० प्रतिशत मात्र भएको जनाएको छ ।


संघीय सरकारबाट हेटौँडा उपमहानगरपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि १ करोड ४० लाख प्राप्त भएको मध्ये ४४ लाख मात्र खर्च भएको हेटौँडा उपमहानगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक बिजेन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button