तपाईँ सुन्दै हुनुहुन्छः

तीन महिनादेखि फोहोर नउठ्दा उपमहानगरपालिका फोहोरको डङ्गुर बन्दै

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तीन महिनादेखि फोहोर नउठ्दा उपमहानगरपालिका फोहोरको डङ्गुरको रुपमा परिणत हुँदै गएको छ । 

उपमहानगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अमलेखगञ्ज बजारको चोकमा फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ । स्थानीय तरकारी व्यवसायी इर्बराहन महमदले लामो समयदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय नै चौपट भएको बताउँनुभयो । 

तरकारी बजारका व्यवसायीहरूले फोहोर व्यवस्थापनका लागि शुल्क बुझाए पनि तीन महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन । नगरपालिकाले फोहोर व्यवस्थापनका दुई वर्षदेखि ग्रिन एण्ड क्लिन सिटी प्रालिसँग  ठेक्का सम्झौता गरेको छ । 

नगरपालिकाले ग्रामीण भेगमा उत्पादन भएका फोहोर गाउँघरमै व्यवस्थापन गरे पनि पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको बजार क्षेत्रका फोहोर दुधौरा खोला छेउमा व्यवस्थापन गर्दै आएको छ । तर, दुधौरा खोला छेउका स्थानीयहरूले अवरोध गरेपछि पसल, होटल व्यवसायका फोहोरहरू सडक चोक चोकमा थुपारिएको छ । 

स्थानीयहरूले अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा समस्या भएको ग्रिन एण्ड क्लिन सिटी प्रालि मकवानपुरका प्रमुख नवराज खतिवडाले बताउँनुभयो । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि बर्षेनी करोडौँ रुपैयाँ खर्च गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button