तपाईँ सुन्दै हुनुहुन्छः

४१ राजनीतिक दलको दर्ता खारेज

file photo

काठमाडौँ । निर्वाचन आयोगले लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।


आयोगको आज बसेको बैठकले यही साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 


आयोगमा १ सय ३६ दल दर्ता रहेकोमा ४१ दल खारेज भएपछि अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । 


जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरू दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरू दलको पदाधिकारी बन्न नपाउने आयोगले जनाएको छ ।


आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरूको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ।


राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्नो आय व्ययको हिसाब किताब देखिने गरी लेखा राख्नु पर्ने र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखा परीक्षण गराइ एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ ।

दल दर्ता खारेज भएका राजनीतिक दलहरूको विवरण देहाय बमोजिम रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button